2nd Himeji Smiles Cup 2026 जुलाई ४, २०२६ मा आयोजना हुने
हिमेजीस्थित AGUA Himeji Futsal Ground मा आगामी जुलाई ४, २०२६ मा आयोजना हुन लागेको 2nd Himeji Smiles Cup 2026 को तयारी तीव्र गतिमा अघि बढिरहेको आयोजक NS Himeji FC ले जनाएको छ। आकर्षक पुरस्कार राशिसहितको यो प्रतियोगिता जापानभरिका फुटसल टिमहरूका लागि एक महत्वपूर्ण प्रतिस्पर्धा मानिएको छ।
प्रतियोगितामा विजेता टिमका लागि ¥400,000 र उप–विजेता टिमका लागि ¥200,000 को नगद पुरस्कार राखिएको छ। साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई MVP, Top Scorer र Best Goalkeeper जस्ता व्यक्तिगत अवार्डहरू प्रदान गरिनेछ।
कार्यक्रमको मुख्य प्रायोजक Smiles Mobile Remittance तथा Smiles Connect रहेका छन् भने GoalJapan.com र Darbar Mart & Restaurant लगायतका साझेदारहरूको सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो। “Play Together, Win Together” भन्ने नारासहित हुने यो प्रतियोगिताले समुदायबीच खेलकुदमैत्री वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताको अन्तिम दर्ता मिति जुलाई १, टाइसिट सार्वजनिक मिति जुलाई २, र प्रवेश शुल्क ¥40,000 तोकिएको छ। दर्ता तथा अन्य जानकारीका लागि Rozin, Salesh, Atul, Yam, Prem र Suresh मार्फत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
NS Himeji FC ले सबै फुटसल टिमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको माध्यमबाट मैत्री, अनुशासन र प्रतिस्पर्धात्मक भावना प्रदर्शन गर्न आग्रह गरेको छ।
