Smiles Cup – Kyoto 2026 फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै Beni FC Club ले उपाधि हात पार्न सफल
Kyoto Friends United द्वारा आयोजित Smiles Cup – Kyoto 2026 फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै Beni FC Club ले उपाधि हात पार्न सफल भयो भने Star FC Club उप–विजेता रह्यो। आयोजकले विजेता तथा उप–विजेता दुवै टोलीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
प्रतियोगिताको सफल आयोजनामा सहभागी भएर सहयोग गर्ने सम्पूर्ण टिम, प्रतिनिधि, प्रायोजक तथा दर्शक–समर्थकहरूलाई आयोजकले ह्रिदयदेखि धन्यवाद ज्ञापन गरेको छ। विशेष गरी Smiles Mobile Remittance Nepal लाई Title Sponsor को रूपमा प्रतियोगिता सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा आयोजकले विशेष आभार प्रकट गरेको छ।
कार्यक्रममा उपस्थित दर्शक, समर्थक, तथा volunteering गर्ने Club का सदस्यहरू प्रति पनि हार्दिक धन्यवाद व्यक्त गरिएको छ। आयोजकले आगामी दिनहरूमा पनि सबैको निरन्तर साथ र सहयोगको अपेक्षा व्यक्त गर्दै प्रतियोगितालाई अझ भव्य रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।
