News

३० टिमलाई पछि पार्दै MERCURY FC ले जित्यो PIRO CUP 2026


३० टिमलाई पछि पार्दै MERCURY FC ले जित्यो PIRO CUP 2026

Piro Sports द्वारा आयोजित PIRO CUP 2026 चिबामा सम्पन्न भएको छ। कुल ३० टिमको सहभागितासहित भएको यो प्रतियोगिता अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। मार्च १५ आइतबार आयोजित प्रतियोगिता Z Futsal Sport Matsudo Tokiwadaira, Chiba मा सम्पन्न भएको हो। विजेताले ¥400,000, रनर–अपले ¥200,000 र सेमिफाइनलिस्टले ¥50,000 प्राप्त गर्ने पुरस्कार संरचना रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च स्कोररलाई पनि नगद तथा ट्रफी प्रदान गरिएको थियो।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा OIZUMI FC र ALL STAR FC आमनेसामने भएका थिए, जहाँ कडा प्रतिस्पर्धा पछि OIZUMI FC विजयी बन्दै फाइनलमा प्रवेश गर्‍यो। दोस्रो सेमिफाइनलमा MERCURY FC TOKYO र KAWASAKI BULLS भिडेका थिए। उत्कृष्ट प्रदर्शनसहित MERCURY FC ले जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो।

फाइनलमा OIZUMI FC र MERCURY FC बीच रोमाञ्चक भिडन्त भयो। निर्धारित समयमा खेल बराबरीमा रोकिएपछि पेनाल्टी शूटआउटमार्फत नतिजा टुंग्याइएको थियो। पेनाल्टीमा MERCURY FC विजयी बन्दै PIRO CUP 2026 को उपाधि हात पार्न सफल भयो। खेलभरि दुवै टिमले उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक क्षणमा MERCURY FC ले आत्मविश्वास कायम राख्दै जित सुनिश्चित गरेको थियो।

आयोजक Piro Sports ले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताउँदै सहभागी टिम, दर्शक तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गरेको छ। जापानमा रहेका नेपाली समुदायबीच खेलकुदको माध्यमबाट एकता र मैत्री सम्बन्ध बढाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ।