News

सगरमाथा FC: जापानको फुकुओकामा स्थापना भएको नयाँ नेपाली फुटबल क्लब


सगरमाथा FC: जापानको फुकुओकामा स्थापना भएको नयाँ नेपाली फुटबल क्लब

FC सगरमाथा: जापानको फुकुओकामा स्थापना भएको नयाँ नेपाली फुटबल क्लब

Slogan: "The Mountain's Spirit, Our Passion for Football"

जापानको फुकुओका सहरमा नेपाली फुटबलप्रेमीहरूको नयाँ पहलका रूपमा "सगरमाथा FC" को स्थापना गरिएको छ। के आई ई सी इगल्सका पूर्व म्यानेजर रोजिन थापा मगरको नेतृत्वमा स्थापना भएको यो क्लबले नेपाली समुदायबीच खेलकुदको माध्यमबाट एकता, उर्जा र पहिचान निर्माण गर्ने लक्ष्य लिएको छ।

स्थापनासँगै क्लबमा अनुभवसहितका खेलाडीहरूको आगमन सुरु भइसकेको छ। यसै क्रममा, फुकुओकास्थित प्रतिष्ठित नेपाली क्लब ओहासी एफ॰सी॰ का अनुभवी डिफेन्डर टेकमान गुरुङ हालै सगरमाथा एफ॰सी॰ मा समावेश भएका छन्। क्लबको सुरुआती यात्रा अझ सशक्त बनाउने विश्वास टेकमानले व्यक्त गरेका छन्।

क्लबले आगामी दिनहरूमा स्थानीय र अन्तर-क्लव प्रतियोगिताहरूमा भाग लिने योजना बनाइरहेको छ। नेपाली युवालाई फुटबलको माध्यमबाट सकारात्मक ऊर्जा प्रदान गर्नु क्लबको प्रमुख उद्देश्य हो।

हामी FC सगरमाथाको उज्ज्वल भविष्यको कामना गर्दछौं। आउँदा दिनहरूमा क्लबले फुकुओका मात्र नभई सम्पूर्ण जापानमा नेपाली फुटबलको प्रतिनिधित्व गरुन् भन्ने अपेक्षा लिइएको छ।