Mercury FC द्वारा पहिलो Mercury Cup 2026 घोषणा
Mercury FC द्वारा आयोजित पहिलो Mercury Cup 2026 आगामी २०२६ अप्रिल २६ आइतबार बिहान ९ बजे चिबाको Z Futsal Matsudo Tokiwadaira मा हुने भएको छ। Shisha Lounge प्रस्तुतकर्ता रहेको यो फुत्सल प्रतियोगिता जापानमा रहेका नेपाली खेलप्रेमीहरूलाई लक्षित गरी आयोजना गरिएको हो। प्रतियोगितामा सहभागी टिमहरूले ¥41,000 प्रवेश शुल्क तिर्नुपर्नेछ।
प्रतियोगितामा विजेता टिमले ¥4,00,000 सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने रनर–अप टिमले ¥2,00,000 सहित ट्रफी र मेडल पाउनेछ। साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई बेस्ट किपर, बेस्ट प्लेयर र हाईएस्ट स्कोरर विधामा नगद पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ। आयोजकका अनुसार प्रतियोगिताले जापानमा रहेका नेपाली युवाबीच खेलकुदको माध्यमबाट आपसी सम्बन्ध, अनुशासन र खेलभावनालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
Mercury FC ले यो प्रतियोगितालाई वार्षिक रूपमा निरन्तरता दिने लक्ष्य राखेको बताइएको छ। खेलमैदान, समय व्यवस्थापन र पुरस्कार संरचना सबै व्यवस्थित रूपमा तय गरिएकाले यस वर्षको प्रतियोगिता विशेष रूपमा प्रतिस्पर्धात्मक र आकर्षक हुने आयोजकको दाबी छ। सहभागी टिमहरूको दर्ता प्रक्रिया सुरु भइसकेको छ र चाँडै नै अन्तिम सूची सार्वजनिक गरिने जनाइएको छ।
