News

कावासाकी बुल्सले जित्यो 4th Narita Nepal Futsal Tournament 2026 को उपाधि


कावासाकी बुल्सले जित्यो 4th Narita Nepal Futsal Tournament 2026 को उपाधि

चिबा, जापानमा सम्पन्न 4th Narita Nepal Futsal Tournament 2026 अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। कुल ४० टिमहरूको सहभागिता रहेको यस वर्षको संस्करणलाई जापानभरिका नेपाली खेलाडीहरूको ठूलो उपस्थिति र उत्साहले झनै भव्य बनाएको थियो। प्रतियोगिताको पहिलो सेमिफाइनलमा FC Yoddha BoysRising Nepal बीच कडा प्रतिस्पर्धा भएको थियो, जहाँ Rising Nepal ले उत्कृष्ट प्रदर्शन गर्दै ३–० को जित दर्ता गर्‍यो। दोस्रो सेमिफाइनलमा Tamang Youth FCKawasaki Bulls भिडेका थिए, जसमा Kawasaki Bulls ले प्रभावशाली खेल प्रदर्शन गर्दै ४–० को फराकिलो जित हासिल गर्‍यो।

उत्कृष्ट खेल प्रदर्शनका बीच भएको फाइनल खेलमा Rising NepalKawasaki Bulls आमनेसामने भएका थिए। दुवै टिमले उच्च स्तरको खेलकौशल प्रदर्शन गरे पनि अन्ततः Kawasaki Bulls ले २–१ को जित निकाल्दै यस वर्षको 4th Narita Nepal Futsal Tournament को उपाधि आफ्नो नाममा लेखाउन सफल भयो। विजेता बनेको Kawasaki Bulls ले खेलभरि देखाएको अनुशासन, तालमेल र आक्रमण क्षमताले दर्शकहरूको मन जितेको थियो, जबकि Rising Nepal ले उप–विजेता भए पनि उत्कृष्ट खेल प्रदर्शनका कारण प्रशंसा बटुल्न सफल रह्यो।

आयोजक समितिले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण टिम, खेलाडी, प्रतिनिधि, दर्शक तथा समर्थकहरू प्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, खेलकुदमार्फत नेपाली समुदायबीच एकता, मैत्री र सकारात्मक ऊर्जा फैलिएकोमा आयोजकले खुशी व्यक्त गर्दै आगामी वर्षहरूमा अझ भव्य रूपमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।


Photos Gallery