News

इचिकावा भेट्रान्स कप २०२५ को उपाधि लमजुङ एफसी ‘ए’ लाई


इचिकावा भेट्रान्स कप २०२५ को उपाधि लमजुङ एफसी ‘ए’ लाई

“Bishal Presents Ichikawa Veteran’s Cup 2025” अन्तर्गत सम्पन्न रोमाञ्चक फाइनल खेलमा लमजुङ एफसी ‘ए’ ले शानदार प्रदर्शन गर्दै उपाधि उचालेको छ। उपविजेतामा ८८४८ एफसी रहे।

जापानमा रहेका नेपाली समुदायबीच भाइचाराको सन्देश फैलाउँदै सम्पन्न भेट्रान्स (उमेर समूह ३५ वर्षमाथि) फुटबल प्रतियोगितामा सहभागी विभिन्न क्लबहरूमध्ये लमजुङ एफसी ‘ए’ ले उत्कृष्ट खेल कौशल प्रस्तुत गर्दै विजेता बन्न सफल भयो।

फाइनल खेलमा दुबै टोलीबीच कडा प्रतिस्पर्धा देखिएको थियो तर लमजुङ एफसी ‘ए’ ले आफ्नो अनुभव र तालमेलको उत्कृष्ट प्रदर्शन गर्दै ८८४८ एफसीलाई पछि पार्न सफल भयो।

समापन समारोहमा विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र नगद पुरस्कार वितरण गरियो। प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन आयोजक बिशाल तथा सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गरिएको थियो।

PHOTO GALLERY CLICK HERE