3rd Kyoto Cup मे ९ मा हुदै
जापानको क्योटोमा आयोजना हुने तेस्रो KYOTO CUP INTER KANSAI फुटसल प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। Kyoto Friends United द्वारा आयोजना र Nepali Samaj Kyoto द्वारा प्रयोजन गरिएको यो प्रतियोगिता आगामी मे ९, शनिबार क्योटोको Futsal Square Kyoto Minami मैदानमा सम्पन्न हुने भएको छ। जापानमा बसोबास गर्ने नेपाली खेलाडी तथा फुटबलप्रेमीहरूबीच आपसी मैत्री, खेलभावना र समुदायिक एकता बढाउने उद्देश्यले यो प्रतियोगिता तेस्रो संस्करणसम्म आइपुगेको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी टिमहरूले ¥30,000 प्रवेश शुल्क तिर्नुपर्नेछ। विजेता टिमले ¥222,000 पुरस्कार राशिसहित उपाधि हात पार्नेछ भने दोस्रो हुने टिमले ¥111,000 प्राप्त गर्नेछ। आकर्षक पुरस्कार संरचना र प्रतिस्पर्धात्मक वातावरणका कारण यो प्रतियोगिता कन्साई क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायबीच अत्यन्त लोकप्रिय बन्दै गएको छ।
प्रतियोगिताको दर्ता मे ५ सम्म खुला रहनेछ। दर्ता तथा अन्य जानकारीका लागि Kyoto Momo Pasal (070-5261-2289), Sushil Gurung (090-6559-0069), Rustam Bhujel (080-4897-0527) र Bishal Bhujel (070-2304-0971) मार्फत सम्पर्क गर्न सकिनेछ। आयोजकले समयमै दर्ता गर्न अनुरोध गर्दै खेलमैदान, व्यवस्थापन र सुरक्षा व्यवस्थालाई पूर्ण रूपमा सुनिश्चित गरिएको जानकारी दिएको छ।
Nepali Samaj Kyoto को सहयोगमा आयोजना हुने यो प्रतियोगिताले कन्साई क्षेत्रमा रहेका नेपाली युवाहरूलाई खेलकुदमार्फत जोड्ने, प्रतिभा प्रदर्शन गर्ने र समुदायिक सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। गत वर्षहरूमा जस्तै यस वर्ष पनि उत्साहजनक सहभागिता र प्रतिस्पर्धात्मक खेल प्रदर्शन हुने आयोजकको विश्वास छ।
